शैक्षिक

निर्वाचनबाट स्थानीय सरकारको गठन कमल थापा



पोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार गठन हुने भएकाले यसको छुट्टै महत्व रहने बताएका छन ।

पुन समाज नेपालको दशौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले निर्वाचित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरु जनताको सेवा गर्न जनताकै घरदैलोमा पुग्ने यो निर्वाचनमा समाहित हुन असन्तुष्ट पक्षसँग पनि आग्रह गरे ।

उपप्रधानमन्त्री थापाले साविकका महानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट हुने काम अब वडाबाटै हुने उल्लेख गरे ।

उहाँले मगर समुदायले राष्ट्र निर्माणको कार्यमा गरेको योगदानको सराहना गर्दै आफ्नो हक, अधिकार र पहिचानका लागि अघि बढ्न आग्रह गरे ।

समाजका केन्द्रीय अध्यक्ष प्रताप पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्गठन विभागका प्रमुख जयलाल पुन र पूर्व सहायक मन्त्री उत्तम पुनले मन्तव्य व्यक्त गरेका थिए थियो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा अधिराज्यका कास्की, म्याग्दी, नवलपरासी, पर्वत, तनहुँ, काठमाडौँ, चितवनलगायतका जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।