समाचार

आजको मौसम



काठमाडौँ, १५ वैशाख । देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले हाल जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ भने हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, राति  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।