वीरगञ्ज, १५ बैशाख । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् ।
लकडाउनको मौका छोपेर बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको भन्दै प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो ।
उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोका आधारमा अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा प्रहरीले कारबाही सुरु गरेको हो ।










प्रतिक्रिया दिनुहोस्