Banner News

देशलाई संवैधानिक सङ्कटबाट जोगाउन संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथमिकता : नेता नेपाल



वालिङ, १९ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनभन्दा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन ।

देशलाई संवैधानिक सङ्कटबाट जोगाउन पनि आगामी माघभित्र तीनवटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ, नेता नेपालले भने – अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउन भन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ ।

आज स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले लामो समयदेखि स्थानीय निकाय कर्मचारीको भरमा रहेकाले जनप्रतिनिधि छिटोभन्दा छिटो तयार गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु समयको माग हो उनले भने ।