काठमाडौँ, १५ वैशाख । नेपालको विगतको राजनीतिक व्यवस्था विरूद्धको लडाईमा आफुलाई अब्बल साबित गरिसक्नुभएका नेपाल कम्युनष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत अहिलेको नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने अभियानमा समेत अब्बल देखिनु भएपछि केहि मानिसहरु केहि प्रोपोकाण्डा गरेर महेश बस्नेतलाई लडाऊन पाए आफ्नो गलत अभिष्ट पुरा गर्न सकिन्थ्यो कि भनेर लागिरहेका छन । उनिहरूले यस्तो सपना नदेखे हुन्छ ।
यो पुस्ताको युवाहरूको रोलमोडल हुन महेश बस्नेत । जुनबेला यो देशमा दुईथरि अतिवादीहरूको चरम दमन र लुट चलिरहेको थियो । त्यो बेला त्यसका विरूद्ध बोल्ने र अभियान नै चलाएर उक्त दमन र लुटलाई निस्तेज पार्ने व्यक्ति हुन महेश बस्नेत । म फेरी पनि भन्छु त्यो बेला ऊक्त विकृतिका विरूद्ध एक जना व्यक्ति बोल्न नसकेको बेलामा आन्दोलनको आँधिबेरी सृजना गरि स्थापित भएको नाम हो महेश बस्नेत ।
राजनैतिक व्यवस्था परिवर्तन पश्चात ‘अब राजनैतिक लडाँई सकियो, आर्थिक समृद्धिको बाटोमा लाग्नु पर्छ । विकासको मुहान फुटाऊनु पर्छ ।’ भन्ने कुरा अधिकांशले भाषणमा मात्र सिमित राखे तर विकास के हो ? समृद्धिका सुचक के के हुन रु भन्ने कुरा भक्तपुरमा पुरा गरेर देखाऊने जनप्रतिनीधि हुन महेश बस्नेत ।
एक पटक छातिमा हात राखेर सबैले सोचौँत महेश बस्नेतले भक्तपुरमा गर्नु भएजति काम सबै जनप्रतिनीधिहरूले गर्दिने हो भने देशले समृद्धि यात्रा कति छिटो पार गर्ला रु चाहे त्यो २०७२ को महाविनाशकारि भुकम्पको बेला होस वा अहिले विश्वलाई नै त्राहित्राहि बनाएको कोरोना भाईरसबाट सिर्जित यो असहज परिस्थितिमा समेत जनताको बिचमा रहेर जनताको हरेक समस्याहरूको समाधान गर्ने जनप्रतिनीधि हुन महेश बस्नेत ।
फुटबल खेल हेर्दा पनि देखिन्छ नि जुन खेलाडी अब्बल हुन्छ, त्यसलाई नै छिर्के हानेर लडाऊँछन,४र५ जना मिलेर घेरिरहन्छन । यस्तै हो महेश बस्नेत आलोचना हुने प्रहार गर्ने अब्बल र सम्भावना बोकेकालाई नै हो । त्यसैले कत्ति पनि विचलित नभई आफ्नो अभियानमा लागिरहनु होला । जसरि अहिले नेपालको सम्पूर्ण युवा जमातले आफ्नो रोलमोडलका रूपमा लिईरहेका छन्, त्यसरि नै भोली सम्पूर्ण देशबासिले सम्मान गर्नेछन्, महेश बस्नेतलाई ।
रमेश पौडेल
राष्ट्रिय युवा संघ नेपाल
केन्द्रीय सदस्य










प्रतिक्रिया दिनुहोस्