राजनीति

पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौँ, १५ वैशाख । काठमाडौँ जिल्ला अदालतले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।