समाचार

आजको मौसम



काठमाडौँ, १६ वैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी  भू–भाग नजिक बनेकोले न्यून चापिय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार न्यून चापिय क्षेत्रको प्रभाव रहेको साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले यसको समेत प्रभाव रहेको छ ।

त्यस्तै देशको हाल पश्चिमी तथा पूर्वी भूभागका साथै मध्यका पहाडी भूभागमा सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रही धेरै  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही मध्य र पूर्वका केही  स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।