काठमाडौँ, १६ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकतालाई जोगाउन नेतृत्व गंभिर र जिम्मेवार हुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकताको मुलमर्मनै सहमती र सहकार्य भएको उल्लेख गर्दै उहाँले जनताले दिएको जनमतलाई अक्षरश पालना गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन पथमा पार्टी तथा सरकार लाग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभएको छ, ‘पार्टी एकताको मूलमर्म सहमती र सहकार्य हो । लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुनेनै छ ।’
पछिल्लो समय नेकपा भित्र गुट र उपगुटको माध्यमबाट आम नेपाली जनता तथा कार्यकर्ताहरुमा नैराष्यता छाएको बेला उहाँले पार्टी एकतालाई जोगाई राख्न कुनै पनि त्याग गर्न तयार रहेको समेत उद्घोष गर्नुभएको छ । उहाँले पार्टी एकतालाई जोगाई राख्न आवश्यक परे आफुले मुख्यमन्त्रीको पदसमेत छोड्न सक्ने बताउनुभएकोछ । उहाँ केही दिन अघि देखी पार्टी भित्र देखिएको विवादलाई समाधान गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरुसँग भेटवार्ता, छलफल तथा समस्या समाधानको उपायहरु सहित छलफलमा उत्रनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्