काठमाडौँ, १७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले पछिल्लो समय फण्डाको राजनीति गरिरहेका डा. बाबुराम भट्टराई र उनी निकटको कम्पनीलाई आफै धामी आफै बोक्सी कहिलेसम्म चल्छ ? भनि प्रश्न गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद पहारीले विशुद्ध राजनीतिक छलफलको लागि जनता समाजवादीका नेता डा. सुरेन्द्र यादव काठमाडौँ आउनुभएको कुरा उहाँको अभिव्यक्तिबाट नै प्रष्ट भएकाले फण्डाको राजनीति नगर्न डा. भट्टराई तथा उहाँको कम्पनीलाई आग्रह गर्नुभएको छ । डा. भट्टराईलाई भद्धाको राजनीति वन्द गर्न आग्रह गर्दै सांसद पहारीले जति खेलेमेलो गरी भ्रम छर्न खोजे पनि उक्त भ्रमको पर्दा उघारिएको उल्लेख गर्नुभएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालद्वारा जनता समाजवादीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भनि गरिएको अनावश्यक फण्डाको राजनीति नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ । विशुद्ध राजनीतिक कुरामा आफ्नो सुरक्षा गार्ड तथा परिवारका सदस्यसहित डा. यादव काठमाडौँ आएको उल्लेख गर्दै डा. यादवलाई बन्धक, धाक धम्की तथा विभिन्न प्रलोभनमा पारि जवरजस्त रुपमा वोली फेर्न लगाएको उल्लेख गर्दै डा. यादवलाई आफै धामी, आफै विरामी नहुन समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभएको छ, ‘कहि नभएको जात्रा हाडि गाउँमा भने जस्तै । अहिले डा. बाबुराम भट्टराई एण्ड कम्पनीको चर्चा परिचर्चामा आउनको निम्ति गरिएको भद्धा नौटंकि हिजो-आज । कहिले टेकु प्रहरी परिसरमा त कहिले बबरमहलको सरकारी वकिल कार्यालयमा देख्न पाईएको छ । कति गाहेभयो होला डाक्टर सुरेन्द्र यादवलाई डाक्टर बाबुराम र उपेन्द्र यादवको निर्देशनमा नाटक गर्दा गर्दै । शुरुमा काठमाडौँ आफैं आएको हुँ भनेर खास कुरो फुत्काई हाले । अहिले नाटक मंचन गर्दाकै फसाद भयो सुरेन्द्र डाक्टर सापलाई । आफै धामी आफै बोक्सीको नाटक कहिलेसम्म हो डाक्टर बाबुराम भट्टराई एण्ड कम्पनीको । भ्रमको पर्दा त उघारिदै गएकै छ, जति खेलोमेलो गरे पनि ।।’










प्रतिक्रिया दिनुहोस्