नवलपरासी, १८ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका-४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्