Banner News

छरपस्ट भएको कुरा घरभित्र प्रवेश गर्यो, त्यही समाधान गरौं : मन्त्री भट्टराई



काठमाडौँ, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले पार्टीको छरपस्ट भएको आन्तरिक विवाद घरभित्र प्रवेश गरेको उल्लेख गर्दै अब समाधान त्यही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मन्त्री भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाछ समाधान आउनु पर्ने आफ्नो सुझाव राख्नुभएको हो । नेकपा स्थायी कमिटीका २० जना सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउन हस्ताक्षर गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको सन्दर्भमा स्थायी कमिटी सदस्य भट्टराईले यस्तो सुझाव दिनुभएका हो ।

उहाँले भन्नुभएको छ, ‘छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौं, त्यतातिरै समाधान गरौं । बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।’