काठमाडौं, २० चैत । चुनावी माहोलले देश तातेको छ । सहरका गल्लीदेखि गाउँसम्म चुनावले छोइसकेको छ । तर, काभ्रेको कोसीपारि र डाँडाँपारि पर्ने विकट गाउँका भूकम्पपीडित बस्तीमा भने चुनावी रौनक छैन ।
भूकम्पपीडितलाई वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावी रौनकभन्दा बर्षा अघि घर पुनर्निर्माण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
दुर्गम तथा विकट क्षेत्र महाभारत गाउँपालिकअन्तर्गत पर्ने गोकुले, घर्तीछाप, बनखुचौर, बुढाखानी, खानीखोला गाउँपालिकाअन्तर्गत पर्ने फलामेटार, साल्मेचोक, साल्धारा, डाँडागाउँ, मिल्चेलगायतका विकट गाउँका अधिकांशले स्थानीय निकायको निर्वाचनसम्बन्धी खासै चासो राखेका छैनन् । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्