समाचार

आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु



अछाम, १९ बैशाख । जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ ।

कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी मंगलसेन नगरपालिका ५ की ५१ बर्सियदेबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए । प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइए पनि रिपोर्ट आएको छैन ।