काठमाडौँ, १९ वैशाख । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ ।
आज बिहान अज्ञात व्यक्तिले अध्यक्ष सहाबुद्दिनलाई लक्षित गरेर गोली चलाएका हुन् तर उनी सकुशल छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार उक्त घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् ।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्