समाचार

ताप्लेजुङमा आगलागी, १२ घर जलेर नष्ट



ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ ।

शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी  हुदा १२ घर जलेर नष्ट भएका छन् ।

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान साढे ५ बजे आगाे नियन्त्रणमा आएको छ । उक्त आगलागी नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए ।

आगाे नियत्रण गर्नकाे लागि पाँचवटा दमकल र जेसीभी पनि प्रयाेग गरिएकाे थियाे । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको थियाे । के कसरी आगलागी भएको थियो भन्नेबारे अहिले खुलिसकेको छैन । घटनाको अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।