काठमाडौँ, २१ वैशाख । भारतमा कोरोना भाइरसका कारण शनिबार एकै दिन मात्र १०० सय जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । त्यहाँ कोरोना भाइरसका कुल संक्रमित संख्या पनि ३९ हजार ६९९ पुगेको छ । शनिबार एकैदिन मात्र २ हजार ४४२ जना नयाँ संक्रमित फेला परेका छन् ।
साथै भारतमा हालसम्म १० हजार ८१९ जना उपचारपछि निको भएका छन् भने बाँकी २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार गत अप्रिल २ तारिखमा त्रिपाठीको स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
त्रिपाठी ६२ वर्षका थिए र उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर अवस्थामा थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहकै अवस्थामा शनिबार राति उनको निधन भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्