अर्घाखाँची, २१ वैशाख । भूमिकास्थान नगरपालिका–६ जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ ।
३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा गएराति निधन भएको हो । गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी विपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्