समाचार

आजको मौसम



काठमाडौँ, २२ बैशाख । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

यस्तै सोमबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य  देखि पूर्ण  बदली रहने र देशका केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

राति,  देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका थोरै  स्थानहरुमा र  पूर्वी भू–भागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग  सहित वर्षाको सम्भावना रहेको छ ।