काठमाडौँ, २३ वैशाख । नेपालमा थप सात जनामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निकाे भएका छन् ।











प्रतिक्रिया दिनुहोस्