Banner News

उद्योग कलकारखाना खोल्न दिने मन्त्रीपरिषद्को निर्णय



काठमाडौँ, २४वैशाख । सरकारले २६ गतेदेखी देशभरका उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यसका लागि सम्वन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ । मापदण्ड पु¥याएर कलकारखाना संचालन गर्ने दिने निर्णय मन्त्रीपरिषद्ले लिएको छ ।

त्यस्तै सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।