समाचार

आजको मौसम



काठमाडौँ, २७ बैशाख । आज देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराइका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको महाशाखाले जनाएको छ । जसका प्रभाव देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।