समाचार

हत्या गरिएको अवस्थामा शव फेला



जनकपुरधाम, २९ बैशाख । महोत्तरीमा एक जनाको हत्या गरेको अबस्थामा एक जनाको शब फेला परेको छ ।

गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने  प्रहरीको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।