समाचार

१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजको निःशुल्क टिकट



काठमाडौँ, ३० बैशाख । कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ ।

एयरवेजले कोभिड–१९ ले परेको असरलाई न्युनिकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई हौसला दिन होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट अर्थात आज राती १२ बाट सुरु गर्ने भएको हो ।

उक्त  योजनामा एक स्वास्थ्यकर्मीसँग अर्को १ सदस्य पनि रहन पाउने जनाइएको छ । निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने छन् । डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुका लागि ल्याइएको यो योजना डिसेम्बर २२ सम्म लागू हुने जनाइएको छ ।