जनकपुरधाम, ३० बैशाख । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।
उनको सोमबार राति नै हत्या भएको आशंका गरिए पनि कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्