काठमाडौँ, ३० बैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ८७ हजार नाघेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ८७ हजार २५० पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४२ लाख ५३ हजार ७९९ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १५ लाख २७ हजार उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ५.३१ गुणा बढी हाे ।
अहिलेसम्म अमेरिकामा ८१ हजार ७९५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १३ लाख ८५ हजार ८३४ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६२ हजार २२५ भने पूर्णरूपमा निको भइसकेका छन् । कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ६८ हजार १४३ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ७४४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार ८४६ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३२ हजार ६५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख २३ हजार नाघेकाे छ । यता रूसमा केही दिनयता लगातार दिनहुँ ११ हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख २१ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार पुगेकाे छ । संक्रमितमध्ये ३९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।
त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार ७३९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १९ हजार ८१४ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ६ हजार पूर्णरूपमा निको भइसकेका छन् ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७७ हजार ४२३ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २६ हजार ६४३ पुगेको छ । संक्रिमतमध्ये ५६ हजार ७२४ पूर्णरूपमा निको भइसकेका छन् । जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ५७६ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ६६१ पुगेको छ । अहिले जर्मनीमा १९ हजार २९८ मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ४५ हजार ६१७ भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ६९ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ११ हजार ६२५ पुगेकाे छ । टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३९ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ८४१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ९५ हजार ७८० भने पूर्णरूपमा निकाे भइसकेका छन् । त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ६८५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९ हजार संक्रमित भएका छन् । कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ११५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १७१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९१९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्