समाचार

आजको मौसम



काठमाडौँ, ३१ वैशाख । पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ । अरु ठाउँको मौसम भने अहिले सफा नै छ ।

पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले केही घण्टापछि काठमाण्डौसहित मध्य क्षेत्रका थोरै र पूर्वका केही ठाउँमा पनि पानी पर्ने महाशाखाले जनाएको छ ।

आज मध्यक्षेत्रको तुलनामा पूर्व र पश्चिममा धेरै पानी पर्नेछ । प्रि-मनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र कतै असिना पनि पर्नसक्ने महाशाखाले जनाएको छ ।