राजनीति

अध्यक्ष ओलीले भने –कांग्रेसकै कारण देशको राजनीति अन्यौलमा परेको छ



काठमाडौं,२० चैत । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमाले र अन्य राजनीतिक पार्टीबीच दिनरातको फरक भएको वताए । एमाले दिन हो सबैले देख्न सक्छन् । अन्य पार्टी रात हुन् । प्राय सबै गलत कामहरु रातीकालिन समयमा नै हुन्छन् ।

एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको निर्वाचन शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘पहिला–पहिला कुनै केटी मन प¥यो भने गोजीमा लुकाएर सिन्दुर बोक्ने र भीडमा गएर मन परेको केटीलाई सिन्दुर हालेर आफ्नो बनाउने चलन थियो,’ ओलीले भने, ‘त्यसरी सिन्दुर हालेपछि जसरी पनि त्यही केटासँग विवाह गर्नुपर्ने चलन थियो । अहिले समय फेरिएको छ । कसैले झुक्याएर सिन्दुर हाले भनेर त्यहीँसँग मन नपरे पनि विवाह गर्नु पर्दैन । तपाईँहरुलाई कसैले झुक्याएर कुनै पार्टीमा प्रवेश गराइहालेका छन् भने पनि ढुक्क भएर एमालेमा आए हुन्छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई झाडीमा फसेको बाह्रसिङ्गाको संज्ञा पनि दिए । ‘काँग्रेस झाडीमा अल्झिएको बाह्रसिङ्गा हो ।’ ओलीले भने, ‘उसको एउटा सिङ देशबाहिर छ, एउटा सिङ माओवादीसँग छ, अर्को सिङ फेरि अर्कैतिर छ । यही कारण देशको राजनीति अन्योलमा परेको छ ।’