समाचार

साथीसँगै बसेर मदिरापान, विवादपछि हत्या



महोत्तरी, १ जेठ । गत वैशाख २८ गते मृत फेला महोत्तरीको गौशाला नगरपालिका-४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो ।

४६ वर्षीय ठाकुर र २५ वर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्न निस्केका थिए । सो क्रममा दुवैबीच विवाद भएको र साहले बासको भाटाले उनीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।

ठाकुरको मृत्युपछि फरार अरुणकुमार साहलाई बुधबार नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार, बयानका क्रममा उनले मदिरापानपछि भनाभन हुँदा बासको भाटाले प्रहार गरेको स्वीकारेका छन् ।

साहलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।