समाचार

मलेसियामा भिसाको म्याद सकिए के गर्ने ?



काठमाडौँ, १ जेठ । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन दिने भएको छ ।

स्वदेश फर्कन चाहनेका लागि अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु पर्ने समेत जानकारी गराएको छ । मलेसियामा लकडाउन लागु  हुनुभन्दा अघि वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा लकडाउन सकिएको एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ ।

भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यालयबाट गर्नुपर्ने भएमा पहिले समय लिएर नवीकरण गर्न सकिने र समय लिनका लागि ‘पावर क्यू’ मार्फत् समय लिन सकिनेछ । सबै विदेशी नागरिकले भिसासम्बन्धी सबै काम अनलाइनमार्फत् अगाडि नै समय लिएर गर्नुपर्ने अध्यागमन विभागले बताएको छ ।

मलेसियामा रहँदा कुनै समस्या परेमा नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिनेछ  ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।