समाचार

आजको मौसम



काठमाडौँ, २ जेठ । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ भने आज दिउँसो देशको मध्य तथा पूर्वी  भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

त्यस्तै, दिउँसो पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति, देशको पूर्वी  भूभागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने र पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।