उदयपुर, २ जेठ । चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गई साँझपख घर फर्कने क्रममा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवारको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्