राजनीति

कोरोना भाइरस मानवजातिले जित्नैपर्ने युद्ध : राष्ट्रपति भण्डारी



काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरस (कोभिड–१९)लाई मानव जातीले जित्नै पर्ने युद्धको रुपमा आएको बताउनुभएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोनाले नेपालको मात्र नभई विश्वको नै अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताउनुभयो ।

१० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गरी निर्यात गर्ने गरी सरकारले कामहरु गरिरहेको उल्लेख गर्दै कृaषि उत्पादकत्व १० वर्षमा दोव्वर गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताउँदै उहाँले नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको बताउनुभयो ।