काठमाडौँ, २ जेठ । राष्ट्रपति भण्डारीले अब नेपालमा कोही भोकै नपर्ने तथा कोही भोकै मर्नु नपर्ने नेपाल सरकारले नीति लिएको बताउनुभएको छ ।
सरकारको आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभुत गरको गास, वास र कपासको आम नागरिकलाई ज्ञारेन्टी गरिने उल्लेख गर्नुभएको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गर्नुभयो ।
नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड-१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको पनि उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्