काठमाडौँ, २ जेठ । भक्तपुर जिल्लाको सानोठिमीमा आधुनिक सभागृहको निर्माण कार्यको शुभारम्भ गरिने भएको छ ।
सरकारको २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त कुरा समाबेश गरिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सानोठिमीमा स्थायी तथा व्यवस्थित सभागृह यसै वर्षबाट शुभारम्भ गरिने उल्लेख गर्नुभयो । सानोठिमी स्थित नागरिक उड्ययनको १ सय ६९ रोपनी जग्गामा उक्त आधुनीक सभागृह निर्माणको शुभारम्भ गर्न लागिएको हो ।
सरकारले चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने भएको छ । यी बन्दरगाहको प्रयोगमार्फत वैदेशिक ब्यापार बढाउने बताउनुभयो । नेपालका लागि चीनका चार वटा सामुन्दि्क र तीन वटा स्थल बन्दरगाह उपलब्ध भएको छ । त्यसैगरी सरकारले नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माण गर्ने घोषणा गरेको छ । कैलालीको हरैयामा व्यापार विशेषक्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाइने भएको छ । हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, तथाप्लेजुङको आलाङुमा वैदेशिक व्यापारको सम्भाब्यता अध्ययन गरी पूर्वाधार निर्माण गर्ने घोषणा पनि भएको छ ।
रसुवाके टिमुरेको बन्दरगाह आगामी आर्थिक वर्षमा र काठमाडौंको चोभरमा बनिरहेको बन्दरगाह दुई वर्षभित्र सञ्चालन गर्ने घोषणा पनि भएको छ ।









