काठमाडौँ, ३ जेठ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको र आज दिउँसो भने देशको पूर्वी भाग र मध्य पहाडी भागमा सामान्य बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने छ ।
यस्तै, आज दिउँसो नै पूर्वी भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको पूर्वी भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्