काठमाडौँ, ३ जेठ । नेपाली भू(भाग कालापानी(लिपुलेक(लिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानीदेखि चीनको तिब्बत स्थित कैलाशमान शरोवरसम्म जोड्ने ८० किलोमीटर सडकखण्ड निर्माण गरेको भन्दै युवाहरुले उक्त क्रियाकलाप विरुद्ध सामाजिक सञ्जाल मार्फत ह्यास ट्याग अभियान सुरु गरेका छन ।
अभियानको संयोजन गर्ने अभियान्ताहरु आरती लामा, प्रदीप थापा, प्रमिला लामा, प्रकाश श्रेष्ठ, सुजन बानियाँ, मिलन चौहान, अविचल पौडेल, दिपेश बिसुङ्के, गौरव थापा लगाएतले आन्दोलन र विरोधको रचनात्मक र श्रृजनात्मक शैली प्रस्तुत गरेका छ्न् । अभियान्ता आरती लामाको अनुसार, नेपालको २३ जिल्लाका करिब ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ । करिब ६० हजार हेक्टर भूमि अतिक्रमित भएको छ । कालापानी लिपुलेक लिम्पियाधुरामा मात्रै करिब ३७ हजार हेक्टर भुमी मिचिएको छ ।
विश्व समुदाय कोरोना भाइरसले आक्रान्त भैरहेको बेला यस किसिमका रचनात्मक आन्दोलन नै प्रभावकारी देखिन्छ । शुक्रवार सुरु गरिएको अभियान साझ ७ बजे ह्यास ट्याग र आफ्नो पोसाक सहित सामाजिक सञ्जालमा पोस्ट गरिएको अभियान्ता दिपेश बिसुन्केले एभरेष्ट मिसनलाई जानकारी दिनु भयो । सामाजिक सन्जालमा लेखिएको पोस्ट धेरै सेयर भएको थियो । लेखिएको थियो : ‘हाम्रो सीमा प्रतिरक्षा गरौं, हाम्रो भूमि फिर्ता लिऔं, सीमा विवाद यहि साल अन्त्य गरौं ।” र क्याप्सनमा #मेराे_एेक्यबद्धता #No_hegemony
प्रतिक्रिया दिनुहोस्