काठमाडौँ, ४ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार नाघेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार १८० पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४७ लाख १९ हजार ४४ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १८ लाख ११ हजार ५३० उपचारपछि घर फर्किएका छन् । त्यस्तै अहिलेसम्म अमेरिकामा ९० हजार ११३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ७ हजार ७७३ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ३९ हजार २३२ भने पूर्णरूपमा निको भइसकेका छन् ।
यता स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ५०५ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ५६३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९२हजार २५३ भने पूर्णरूपमा निकाे भइसकेका छन् । रूसमा अहिलेसम्म २ लाख ७२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ५३७ पुगेकाे छ । संक्रमितमध्ये ६३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।
त्यस्तै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३४ हजार ४६६४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ४० हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले २ लाख बढीमा काेराेना कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख ३३ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १५ हजार ६३३ पुगेकाे छ । संक्रमितमध्ये ८९ हजार ६७२ पूर्णरूपमा निकाे भएका छन् ।
इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार ७६३ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २२ हजार पूर्णरूपमा निको भइसकेका छन् । त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७९ हजार ३५६ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २७ हजार ६२५ पुगेको छ । संक्रिमतमध्ये ६१ हजार पूर्णरूपमा निको भइसकेका छन् ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७६ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार २७ पुगेको छ । अहिले जर्मनीमा १५ हजार ६२० मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५२ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।
यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४८ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ९६ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख ८ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ९३७ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९३ हजार निकाे भएका छन् । अहिले त्यहाँ १७ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
चीनमा वर्ल्डो मिटर्सकाे अनुसार शनिबार ८ जना नयाँ काेराेना संक्रमित थपिएकाे छन् । योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो । चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ ।
चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ भने एक जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितमध्ये ३६ जना निकाे भएका छन् ।










प्रतिक्रिया दिनुहोस्