सुनसरी, ५ जेठ । सुनसरीमा अहिलेसम्म १५ सय ९ जनाको परीक्षण गरिएको छ । जसमध्ये ३ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको छ । आरडिटी परीक्षणको संख्या ११ सय १६ रहेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा परीक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सुनसरीमा क्वारेन्टाइनमा रहेकाको संख्या १ सय १३ छ । रामधुनीको सन्दर्भमा १९ जनाको स्वाब परीक्षण गरिएकोमा १८ जनाको नेगेटिभ नतिजा आएको छ । एक जनाको भने पूनः स्वाब संकलन गरी परीक्षणको क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसका अलावा संक्रमित महिलासँगकाे कन्ट्याक ट्रेसिङका आधारमा थप २ जनाको समेत स्वाब संकलन गरिएको र रिपोर्ट आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । झुम्काकी महिलाको संक्रमणको स्रोत भने अझै सम्म खुलिसकेको छैन् ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोना संक्रमणका बिच प्रत्यक्ष रुपमा सक्रिय रहेकाहरुको समेत परीक्षण गर्ने गरी तयारी थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्