काठमाडौँ, ६ जेठ । बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा पनि पर्न थालेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसको असरले अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघगर्जनसहित मौसम बदली भएको साथै चक्रवातको प्रभावका कारण आजदेखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज लगातार पानी परे पनि ठूलो पानी भने कतै पनि नपर्ने र पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्