Banner News

थप २७ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो



काठमाडौँ, ६ जेठ । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमतिकोको संख्या चार सय दुई पुगेको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।