काठमाडौँ, ७ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालले नयाँ राजनीति तथा प्रशासनिक नक्सा जारी गरेसँगै आजको दिन युगको सर्वाधिक स्मरणीय क्षण भएको बताउदै विश्वमा नेपालको मानचित्र बदलिएको बताउनुभएको छ ।
भारतद्वारा नेपालको अतिक्रमित भूमि आज सार्वजनिक गर्दै मन्त्री अर्यालले नेपालको अध्यावधिक नक्सा सार्वजनिकसँगै नेपाल सत्यको पथमा अघि बढेको बताउनुभयो । अतिक्रमित भूमि समेटेर जारी गरेको नयाँ नक्सा सार्वजनिक भएसँगै आम नेपालीको शिर उचो भएको उल्लेख गर्दै मन्त्री अर्यालले यथेष्ट प्रमाणका आधारमा नयाँ नक्सा सार्वजनिक गरिएको जानकारी गराउनुभयो ।
पूर्खाले बलिदानलाई कदापी भुल्न नसकिने उल्लेख गर्दै मन्त्री अर्यालले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले शिर नझुकेको साथै भविष्यमा पनि झुक्न नदिने स्पष्ट पार्नुभयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभीमानमा नेपाल दृढ रहेको बताउँदै उहाँले जनताको भावनालाई सरकारले कदर गर्ने समेत बताउनुभयो ।
मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिएको हो । अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्