काठमाडौँ, ७ जेठ । आज थप २५ जनामा संक्रमण पुष्टि भएसगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै धनकुटा ५ जना र कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् ।
यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । नवलपारसीमा एक जना पुरुष रहेका छन ।










प्रतिक्रिया दिनुहोस्