काठमाडौँ, ८ जेठ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले छिमेकी मुलुक भारतलाई नेपालको स्वाधिनता, स्वभिमान, राष्ट्रिय अखण्डता, सार्वभौम सत्तामाथिको अपमान कदापी सहन नसक्ने भन्दै भारतलाई कडा चेतावनी दिनुभएको छ ।
मन्त्री पोखरेलले आफूहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले आफूहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने बताउनुभयो । सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतले आफूले नेपालको नयाँ नक्सा नमान्ने प्रतिक्रिया दिएको थियो । भारतको उक्त प्रतिक्रिया पछि मन्त्री पोखरेलले कसैले आफूहरुमाथि असमान र अपमानजक व्यवहार गरे कदापी नसहने बताउनु भएको हो ।











प्रतिक्रिया दिनुहोस्