राजनीति

सत्यको विजय हुन्छ, भारतीय मिडियाको छटपटीले नेपालको थप बलियो आधार : मुख्मन्त्री पोखरेल



काठमाडौँ, ८ जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकारले आफ्नो आधिकारीक राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियामा आएको छटपटीले पनि भारतद्वारा अतिक्रमित भूमि नेपालको हो भनि दिएको दावीलाई थप बलियो बनाएको बताउनुभएको छ ।

नेपाल सरकारले जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै बुधवार औपचारीक रुपमा प्रकाशित गरिएको छ । भारतद्वारा कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएसँगै भारतीय मिडियाहरुले तथ्यपरक नभई मनगणन्ते कुराहरुलाई व्यापक प्रचार प्रसार गरी भारतीय च्यानल तथा मिडियाका सुभचिन्तकहरुलाई गुमराममा राख्ने प्रयास गरिरहेका छन् । सत्यको अघि सिंहको केही नलाग्ने प्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले गर्नुभएको छ ।

विगत दुई दिन यता भारतीय मिडियामा नेपाल, चीन तथा भारतको बारेमा गरिएका टिका टिप्पणीले नै अब हुने नेपाल र भारतबीचको कुटनीतिक वार्तामा थब बलियो आधार तयार भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाको टप्पणी विश्कै निम्नस्तरको भएको बताउनुभयो । तथ्यपरक भन्दा पनि चीनप्रति नकरात्मक रुपमा प्रस्तुत भई कुतर्क गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भन्दै भारतीय जनतालाई गुमाराहमा राखिरहेको स्पष्ट पार्नुभएको छ ।

आज सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा राख्दै भन्नुभएको छ, भारतीय मिडियामा जुन प्रकारको छटपटी देखिदैछ त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाईनै बलियो देखाउछ । यदी नेपालको दावी कमजोर र आधारहिन भएको भए भारतीय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन, नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन । भारतले त पाँचपर्ष पहिले नै चिनलाई उक्त सडकवाट व्यापारगर्न सहमत गराएकै थियो । तर नेपालको आधार बलियो भएको र नेपालले तत्काल असहमती जनाएका कारणले चिनले यतिवेला द्विपक्षीय वार्तावाट समस्या समाधान गर्न भन्नु परेको हो । भारतिय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेका छन् । यस विवादको आधार र पृष्ठभूमिका वारेमा भारतीय जनतालाई गुमाराहमा राखिरहेका छन् । त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै भन्नु परेको हो( -‘सत्यमेव जयते कि सिंहमेव जयते’ ?
आशा गरौ ‘सत्यमेव जयते’ नै हुनेछ ।’