राजनीति

थप ४ जना अस्पतालबाट डिस्चार्ज



काठमाडौँ, ८ जेठ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।