काठमाडौँ, ९ जेठ । आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने संभावना रहेको छ ।
त्यस्तै अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली र स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य र पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।
यस्तै अघिल्लो शुक्रबार २४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको हिजोको तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।
यसैगरी तापक्रम बढेर भैरहवामा ३६ दशमलव ५ डिग्री, पोखरामा ३२ दशमलव २ डिग्री सेल्सियस र काठमाडौंमा ३० डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । अब पानी पर्न कम भएसँगै विस्तारै तापक्रम बढ्ने मौसमविद्ले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्