काठमाडौँ, १० जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको छ भने साथै, देशका पश्चिमी पहाडी भागमा, मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको छ ।
यसैगरी, शबिार दिउँसो भने देशको मौसम पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ भने, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्