काठमाडौँ, ११ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ८६८ पुगेको छ । त्यहाँ शनिबार एकै दिन काेराेना संक्रमणका कारण १४२ जनाकाे मृत्यु भएकाे छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ४२३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका थिए भने शनिबार पनि याे संख्या बढेर ६ हजार ६२९ पुगेकाे छ ।
हालसम्म भारतमा कुल संक्रमितमध्ये ५४ हजार ३८५ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ७३ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।










प्रतिक्रिया दिनुहोस्