राजनीति

लोकतान्त्रिक आन्दोलनमा इस्लाम समुदायको योगदान महत्त्वपूर्ण : सभापति देउवा



काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वीहरुको योगदान महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल फित्र”का अवसरमा ‘स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृद्धिका शुभकामना (इद मुवारक)’ प्रकट गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । साथै लोकतन्त्रको रक्षार्थ मुस्लिम समुदाय अझ बढी जिम्मेवार रहनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा देउवाले भन्नुभएको छ, ‘इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु । नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस ९कोभिड १९० को महामारीबाट आक्रान्त छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा भौतिक दुरीलाई कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ गर्नु हुन म सबैलाई आग्रह गर्दछु ।’