आज २०७७ साल जेठ १२ गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष तृतीया, ईद उल फितर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । समाजको हितमापनि मन जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पठनपाठनका क्षेत्रमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
साभारः हाम्रो पात्रोबाट










प्रतिक्रिया दिनुहोस्